शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार, २७ भदौ २०७९, ११ : ०३
सोमबार, २७ भदौ २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो । सुन घटे पनि आज चाँदीको मूल्य भने स्थिर कायम छ ।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ । हिजो, छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ ।

हिजो आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य स्थिर रहेको हो । यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप