बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

क–कसले जिते कृति अवार्ड ?

सोमबार, २७ भदौ २०७९, १० : ५३
सोमबार, २७ भदौ २०७९

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ गरिएको ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ सम्पन्न भएको छ । नेपाल विज्ञापन संघको आयोजनामा शनिबार होटल सोल्टीमा भव्य समारोहका बीच अवार्ड सम्पन्न भएको हो ।  वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमलाई  नेपाल टेलिभिजन लगायत अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

३१ वटा बिभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहरु मध्ये मेकवेज प्रालिले १९ वटा, बिजनेस एडभान्टेज –५, प्रिज्मार्क मार्केटिङ –५, आउटरिच नेपाल –४, डिजिटलइन –४ अभानी एडभर्टाजिङ –३ एएनएस क्रिएसनले –२ र म्याक्स मिडिया, प्रिज्मा एडभरटाईजिङ कन्सर्ट वान, डिएनए टेक्नोलोजी, मार्स प्रा.लि., कि एडभरटाइजिङ, सुश्री मिडिया र ह्याप्पी वक्र्सले १–१ वटा अवार्ड जितेका छन् ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष सोम प्रसाद धितालले एजेसीहरुको उल्लेखनीय सहभागिताको प्रशंसा गरे । यस्तै सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कृति अर्वाडको प्रशंसा गर्दै यस्ता श्रृजनशील कार्यक्रमले देशको आर्थिक बिकासमा टेवा पुग्ने बताए । 

कार्यक्रममा ३१ विधाका उत्कृष्ठ विज्ञापनहरूलाई अतिथिहरूबाट अवार्ड प्रदान गर्नुका साथै खादा–माला पहिराई गरि सम्मान गरिएको थियो । ६०० जना भन्दा बढी प्रत्यक्ष उपस्थित दर्शकबीच गरिएको उक्त समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, शम्भुजित बाँस्कोटा, भुवन के.सी, दिपक राज गिरिसहित अरु उद्योगी व्यवसायीहरुले विजयीहरुलाई अवार्ड प्रदान गरेका थिए । 
कार्यक्रममा इन्दिरा जोशी साथै अन्य कलाकारहरुले आ–आफ्नो नृत्य तथा कला प्रर्दशन गरेका थिए  ।

बाहौं कृति अवार्डसको मुख्य प्रायोजक “गोल्डन ओक, पावर्ड वाई बाल्ट्रा र डिस मिडिया नेटवर्क रहेका थिए । यस्तै इन एसोसिएसन विइथमा डावर नेपालका साथै मुक्तिनाथ बिकास बैक बैंकिङ पार्टनर र गुरु ट्राभल्स ट्राभल पार्टनर, सपोर्टेड बाईमा प्रभु बैकं लिमिउटेड, आटिपिएफ, सेल पे, सफ्टि हाइजिन,  राष्ट्रिय बाणिज्य बैक ,कृषि विकास बैंक लिमिटेड, क्युएफएक्स र हस्पिटालिटि पार्टनर सोल्टी होटल रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप