सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, १८ लाख आवेदकको हात खाली

सोमबार, २७ भदौ २०७९, १० : ३७
सोमबार, २७ भदौ २०७९

आज श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । भदौ १५ गतेदेखि १९ गतेसम्म आइपीओ बिक्री खुलाएको कम्पनीले आज बाँडफाँड गरेको हो । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार ३६ हजार ८५९ जनाले कम्पनीको आइपीओ पाएका छन् । यस आइईपीओमा १८ लाख ३८ हजार ७५१ जनाको आवेदन परेको थियो । जसमध्ये १ हजार ३१५ आवेदन रद्ध भएका थिए ।

कम्पनीले भदौ १५ देखि १९ गतेसम्मको अवधिमा प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ लाख ९३ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । जसमध्ये कर्मचारीलाई ५ हजार ४७० कित्ता र सामूहिक लगानी कोषलाई १९ हजार ६९० कित्ता सेयर छुट्याइएको थियो । बाँकी सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप