शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सिलौटो निर्माणमा प्रयोग हुने खोलाको ढुंगा ल्याउन रोक

सोमबार, २७ भदौ २०७९, १० : ३९
सोमबार, २७ भदौ २०७९

बेसीसहर नगरपालिकाको सदरमुकाम बेसीसहरमा सिलौटो व्यवसाय सञ्चालन गर्दै आएका बलबहादुर बसेललाई दैनिकी गुजार्न समस्या छ । वर्षौदेखि सुकुम्बासीको रुपमा खोलाको किनारमा बस्दै आएका उनलाई घरपरिवार चलाउन समस्या छ ।

आम्दानीको स्रोत अरु नभएपछि आफ्नै पुख्र्यौली व्यवसायलाई मुख्य पेसाको रुपमा लिई सिलौटो बनाउने कामलाई निरन्तरता दिएको बताए ।

नगरपालिकाले यस बिषयमा सहज वाताबरण मिलाइदिए घरपरिवार चलाउन त्यति मुस्किल नपर्ने उनी बताउँछन् । ‘नागरिकको विचार सुनुवाइ हुनुपर्छ । तर यहाँ यो व्यवस्था छैन, पहुँचवालाई जे गर्दा पनि हुन्छ,’ उनले भने, ‘हामी गरिबले एउटा सिलौटो बनाउने ढुंगा लिन जाँदा बहाना बनाएर जानुपर्छ ।’
खोलाको ढुङ्गा ल्याउन समेत रोक लगाएको उनको गुनासो छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप