बाइडेन बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने
सोमबार, २७ भदौ २०७९, ०९ : २२
अमेरिकी राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । बिहीबार ९६ वर्षको उमेरमा निधन भएकी महारानीको १९ सेप्टेम्बरमा अन्त्येष्टि हुँदै छ । ‘राष्ट्रपति बाइडेनले औपचारिक रूपमा सेप्टेम्बर १९ मा महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि सेवामा उपस्थित हुने निमन्त्रणा स्वीकार गरेका छन्’, ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ ।
बाइडेनसँगै प्रथम महिला पनि अन्त्येष्टिमा सहभागी हुनेछिन् । यसअघि ह्वाइट हाउसले बाइडेन सेप्टेम्बर १८ मा न्यूयोर्क जाने र सेप्टेम्बर १९ र २० मा संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रमा सहभागी हुने घोषणा गरेको थियो । बाइडेनले राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नगर्ने बारेमा ह्वाइट हाउसले कुनै खुलासा गरेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली