आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भेटवार्ता

आइतबार, २६ भदौ २०७९, २२ : ५६
आइतबार, २६ भदौ २०७९

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसँग चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उज्यालो चाँगुनारायण अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । आज प्राधिकरणका प्रमुख घिसिङ र नगरप्रमुख खत्रीबीच भएको भेटवार्तामा नगरप्रमुख खत्रीले चाँगुनारायण नगरपालिकालाई नमूना र उत्कृष्ट बनाउने योजना रहेको भन्दै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरु जाने सडकहरुमा बत्तीको व्यवस्था गरी नगरपालिकाको अभियानलाई सघाउन आग्रह गरेका हुन् ।

उनले सडकमा जथाभावी लत्रिएका र अव्यवस्थित तारहरुले दुर्घटना निम्त्याइरहेको भन्दै त्यस्ता तारलाई व्यवस्थित गर्न र तारलाई जमिनमुनि राख्ने अर्थात् अन्डरग्राउन्ड गर्ने कार्य अगाडि बढाउन माग गरे । नगरप्रमुख खत्रीले नगरपालिकाले आगामी २०८२ सालमा पर्यटन वर्ष मनाउने घोषणा गरिसकेको भन्दै त्यसलाई सफल बनाउन पनि विद्युतसम्बन्धी सबै व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका हुन् ।

भेटमा प्राधिकरणका प्रमुख घिसिङले नगरप्रमुख खत्रीलाई नगरपालिकाको अभियानलाई आवश्यक सहयोग र तारको व्यवस्थापनका लागि निर्देशन दिने बताउनुभएको नगर प्रमुख खत्रीका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप