चुनावको मुखमा माझीद्वारा राप्रपा परित्यागको घोषणा
आइतबार, २६ भदौ २०७९, २१ : १६

राप्रपाकी केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य रिता माझीले पार्टी परित्यागको घोषणा गरेकी छन् । आइतबार एक विज्ञप्तिमार्फत उनले पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
चुनावको मिति नजिकिँदै जाँदा सो पार्टीको जनप्रतिनिधिले नै पार्टी छाडेकी हुन् । वर्तमान आवश्यकतालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन असफल भएको उनको दाबी छ ।
साँघुरो सोच र व्यवहार , सङ्किर्णता, अहंकार ,कुण्ठा अनि पूर्वाग्रह प्रेरित भावनाबाट नेतृत्व तह अघि बढ्नुलाई आम कार्यकर्ताले अस्वभाविक रुपमा लिएको भन्दै उनले यस्तो परिवेशमा राप्रपाबाट आफूहरुले परिकल्पना गरेको शक्ति निर्माण गर्न असम्भव रहेको जिकिर गरेकी छन् ।
उनले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको भन्दै अहिलेसम्मको सहयात्राका निमित्त सबैप्रति आभार प्रकट गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु