पाल्पामा पशु सेवा क्षेत्रमा ७ करोड बजेट; दुध, मासु र अण्डामा आत्मनिर्भर
पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो ।
पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवर्द्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बंगुर पालन कार्यक्रमका लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरा पालनका लागि १० लाख, डेरी तथा मासु पसल सुधारमा ८ लाख, अनुगमन मूल्याङ्कनमा ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, स्मार्ट कृषि कार्यक्रममा १ करोड १४ लाख, मत्स्य विकास कार्यक्रमका लागि ५ लाख ९५ हजार, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमलाई १ करोड ८६ लाख २ हजार, पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमलाई ३३ लाख ८० हजार र गाईको व्यावसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रमका लागि संघीय सरकारमार्फत ३३ लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख डा. चन्द बहादुर रानाले बताए ।
कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषिमन्त्री कार्यक्रमका लागि ७ लाख ५० हजार, तिनाउँ गाउँपालिकामा बंगुर स्रोत केन्द्र स्थापनाका लागि ४ लाख, तानसेन र माथागढीमा बाख्रा, बंगुरको व्रिडर हर्ड स्थापनाका लागि ८ लाख, मागमा आधारित व्यावसायिक कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि ३० लाख, पशु बाझोपन निवारण सेवाका लागि ६ लाख, पशु स्वास्थ्य तथा उपचार खोप सेवाका लागि ६ लाख, प्रयोगशाला सेवाका लागि ४ लाख, पशु स्वास्थ्य शिविरका लागि २ लाख ५० हजार, सामुदायिक प्रजनन केन्द्र स्थापनाका लागि ५ लाख बजेट रहेको कार्यालय प्रमुख रानाले जानकारी दिए ।
माछा पालनका लागि नयाँ पोखरी निर्माण गर्न ५ लाख, तानसेन नगरपालिका–७ मा गौशाला निर्माणका लागि १० लाख, बगनासकाली–८ बराङ्दीमा गाई भैंसी प्रवर्द्धनका लागि १० लाख, पशुपन्छीको खोप अभियानका लागि २० लाख रुपैयाँ सहितका बजेटका कार्यक्रम सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले बताए । पाल्पा दुध, मासु र अण्डामा आत्मनिर्भर भई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । पाल्पामा गत वर्षमात्र ५२ हजार ५९८ मेट्रिक टन दुध उत्पादन भएको कार्यालयका सूचना अधिकारी डा. नविन बस्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
-
हरेक दिन थोरै वाइन पिउनु मुटुको लागि स्वस्थकर : अध्ययन
-
केही लागेन चितवन राइनोजको, कर्णाली याक्स क्वालिफायरमा
-
त्रिवि जग्गा छानबिन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ: सुमना श्रेष्ठ
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाउन धमाधम पुनर्निर्माण (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री