शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

आइतबार, २६ भदौ २०७९, २० : ३२
आइतबार, २६ भदौ २०७९

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको अलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए । 

ती किशोर कुनै ठाउँमा लडेर घाइते अवस्थामा घर पुगेको र मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टले बताए । यता, पारिवारिक स्रोतका अनुसार किशोरको काठ बोकिरहेको अवस्थामा लडेर घाइते भएपछि मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप