राप्रपा नेपालको भेला कमल थापाको गृहजिल्लामा
आइतबार, २६ भदौ २०७९, १९ : ५०
राप्रपा नेपालले भाद्र २९ गतेदेखि गर्ने भनिएको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको स्वरुप परिवर्तन गरिएको छ । निर्वाचन आचारसंहितालाई दृष्टिगत गर्दै आइतबार बसेको सचिवालय बैठकले स्वरुप परिवर्तन गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
जसअनुसार स्वाभिमान यात्राको सट्टा विभिन्न जिल्लाहरुमा चुनावी सभाहरू आयोजना गरिने तय भएको उनको भनाइ छ । यस्तै पर्साको वीरगञ्जमा हुने तय गरिएको पार्टीको राष्ट्रिय भेला आगामी असोजको पहिलो हप्ता मकवानपुरको हेटौंडामा गर्ने बैठकले निर्णय गरिएको छ । मकवानपुर अध्यक्ष कमल थापाको गृहजिल्ला हो ।
आसन्न निर्वाचनको प्रयोजनका लागि पार्टीका केन्द्रीय उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा काठमाडौं उपत्यकास्तरीय निर्वाचन समन्वय समिति गठन गर्ने बैठकबाट निर्णय पनि भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान