निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना पारित, ३ तहको सुरक्षा घेरा बनाउने निर्णय
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सो योजना पारित गरेको गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए ।
‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको छ’ पोखरेलले भने–‘३ तहमा सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ, सुरक्षाकर्मीको संख्या यकिन हुन बाँकी छ ।’ निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या यकिन गरिने सह–सचिव पोखरेलले जानकारी दिए । निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय गरिएको छ । सेना परिचालनका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई आग्रह गर्नुपर्छ ।
त्यस्तै, बेमौसमी विपद् आएको विश्लेषण गरेर केन्द्रीय सुरक्षा समितीले आ–आफ्नो निकायबाट प्रभावकारी प्रतिकार्य गर्न निर्देशन दिएको छ । दार्चुलामा शुक्रबार राती गएको बाढी पहिरोमा परि घाइते र विस्थापित भएकाहरूलाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ । सोमबारबाट नेपाल भ्रमणमा आउन लागेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष लि झानसुको सुरक्षा मजबुद बनाउने निर्णय गरिएको छ । सुरक्षा प्रमुखहरुले भ्रमणको सुरक्षा तयारीबारे बैठकमा जानकारी गराएका थिए ।
बैठकमा गृहसचिव टेकनाराण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र सह–सचिव पोखरेल सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर