बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारवाही गर्न विकास समितिको निर्देशन

सेनाले आयोजनाबारे पत्रकार सम्मेलन गर्दै
आइतबार, २६ भदौ २०७९, १९ : १३
आइतबार, २६ भदौ २०७९

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखसहितका पदाधिकारीलाई कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ । आइतबार समितिको बैठकले ठेक्का व्यवस्थापनमा संलग्न आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलसहितका अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको समितिको ठहर छ । समितिले ठेक्का प्रक्रियामा संलग्न पदाधिकारीलाई कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई भनेको छ ।  समितिकी सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोलीले भदौ ५, ६ र ७ मा स्थलगत अध्ययन गरेको थियो ।

यसैबीच, नेपाली सेनाले आयोजनाको कार्य प्रगतिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । भदौ ३१ मा आयोजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप