कांग्रेसको विद्रोही समूहद्वारा चितवनमा प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा
नेपाली कांग्रेस चितवनको विद्रोही समूहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई चुनौती दिने तयारी थालेको छ । कांग्रेस शुद्धीकरण अभियान नामको उक्त समूहले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै गठबन्धनको नाममा कांग्रेसले उम्मेदवारी नदिएका ठाउँमा बागी उम्मेदवारी खडा गर्ने घोषणा गरेको हो ।
चितवनका ३ प्रतिनिधिसभा र ६ वटै प्रदेशसभा मध्ये कांग्रेसका उम्मेदवार नभएको क्षेत्रमा बागी उम्मेदवारी दिने कांग्रेसको विद्रोही समूहको अडान छ । यो समूहले गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारविरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा जगन्नाथ पौडेललाई विद्रोही खडा गरेको थियो । अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा उम्मेदवारी दिने कांग्रेस विद्रोही समूहको रणनीति तयारी छ ।
पौडेलले चितवन ३ नम्बर क्षेत्र आकर्षणको केन्द्र बनेको भन्दै रणनीतिक कुरा सकिएपछि उम्मेदवारी घोषणा गरिने बताए । कांग्रेस चितवनका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटाले चितवन ३ मा कांग्रेसको उम्मेदवारी नभएमा आफूहरुको उम्मेदवारी हुने बताए । सापकोटाले भने, ‘कोही योग्य फेला परे छोडौँला, तर मेरो क्षेत्रमा हँसिया हथौडामा भोट हाल्न सकिँदैन।’ यस क्षेत्रमा गठबन्धनबाट प्रचण्ड उम्मेदवार हुने निश्चित जस्तै छ। प्रचण्डले पनि चितवन ३ बाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ