सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

अफगानी नागरिक रिहाइका लागि तालिबान र पाकिस्तानबीच वार्ता

आइतबार, २६ भदौ २०७९, १८ : ३०
आइतबार, २६ भदौ २०७९

कानुनी कागजात नभएको आरोपमा पक्राउ परेका ३०० अफगानीलाई रिहा गर्न अफगान तालिबान सरकारले पाकिस्तानसँग वार्ता गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) को प्रतिवेदनअनुसार पाकिस्तान सबैभन्दा धेरै अफगानी शरणार्थीका लागि आश्रयस्थल बनेको छ ।

“पाकिस्तान अफगानीहरूका लागि शरणको सबैभन्दा ठूलो देश हो, जहाँ करिब एक लाख आठ हजार अफगानीहरू छन्,” रिपोर्टमा भनिएको छ ।  सन् २०२१ को अन्त्यसम्ममा एक लाख ३८ हजार ५०० अफगानी शरणार्थीहरू पाकिस्तान, ताजिकिस्तान र इरानमा रहेका छन् । तीमध्ये पाकिस्तानमा एक लाख आठ हजार, ताजिकिस्तानमा दुई हजार ७०० र इरानमा २७ हजार ८०० व्यक्ति शरणार्थीका रूपमा आश्रय लिँदै आएका छन् । 

पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीहरूले पाकिस्तानी अधिकारीहरूसँग पाकिस्तानी प्रहरीले हिरासतमा लिएका करिब ३०० अफगानीहरूको रिहाइका लागि छलफल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका उपप्रवक्ता हाफिज जिया अहमद टकलले एक भिडियोमा अफगान दूतावासको प्रयासका कारण केही बन्दीलाई मुक्त गरिएको बताएका छन् । तैपनि बाँकी कैँदीलाई जरिवाना तिरेर छाडिनेछ । उनले भने, “तीमध्ये केहीलाई आज रिहा गरिएको छ र अरुलाई प्रक्रिया पु¥्याएर छिट्टै रिहा गर्ने निर्णय हुनेछ ।” 

पाकिस्तानी प्रहरीले महिला र बालबालिकासहित करिब ३०० अफगानीलाई पक्राउ गरेको टोलो न्यूजले जनाएको छ । पाकिस्तानको कराँचीमा रहेका केही अफगानी शरणार्थीले आफ्नो परिवारका धेरै सदस्यलाई पाकिस्तानी प्रहरीले महिनौंदेखि हिरासतमा राखेको भन्दै आफ्नो अवस्थाप्रति निराशा व्यक्त गरेका छन् । उनीहरूले कानुनी कागजात नभएको कारण अदालतले उनीहरूलाई जरिवाना गरेको तर अहिले जरिवाना तिर्न असमर्थ भएको बताएका छन्, टोलो न्यूजले रिपोर्ट गरेको छ ।

‘उनीहरूलाई हिरासतमा लिएको दुई महिना भइसक्यो,’ पाकिस्तानमा रहेका एक अफगानी शरणार्थीले भने । ‘तीमध्ये मेरा चार छोरी र श्रीमती पनि छन् । म विगत दुई महिनादेखि यो मुद्दासँग जुधिरहेको छु,’ अर्का अफगानी शरणार्थीले भने। पाकिस्तानी प्रहरीले करिब ३०० अफगानीलाई हिरासतमा लिएको रिपोर्ट अगस्टको सुरुमा प्रकाशित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप