शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाही ४– प्रदेश कमिटीद्वारा अमरेशकुमार सिंहको नाम सिफारिस

आइतबार, २६ भदौ २०७९, १७ : ५७
आइतबार, २६ भदौ २०७९

कांग्रेस नेता अमरेशकुमार सिंहको नाम क्षेत्रीय कमिटीले सिफारिस नगरेको भएपनि प्रदेश कमिटीले सिफारिस गरेको छ । मधेस प्रदेश कमिटीले सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन  केन्द्रमा नाम पठाउँदा सिंहको नाम पनि थपेर सिफारिस गरेको हो । 

यसअघि सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसले आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेश प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए ।​ अमरेशको निवेदनपछि उनलाई प्रदेश कार्यसमितिले रायसहित उम्मेदवार सिफारिस गरेको प्रवक्ता नितेश गुप्ताले जानकारी दिए।

*यसअघि सिंहको नाम सिफारिस नभएको समाचार प्रकाशित भएकोमा त्यसलाई क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप