बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको महाधिवेशन सम्पन्न, ४० जनाको केन्द्रीय समिति निर्वाचित

आइतबार, २६ भदौ २०७९, १७ : ५०
आइतबार, २६ भदौ २०७९

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११ औं महाधिवेशन सम्पन्न भएको छ । संगठनको ११ औं महाधिवेशन ‘व्यावसायिक कम्पनी, उत्तरदायी व्यवस्थापन; उत्प्रेरित कर्मचारी, सुदृढ ट्रेड युनियन’ नारा सहित यही भदौ २२ देखि २४ गतेसम्म विराटनगरमा सम्पन्न भएको हो ।

महाधिवेशनले संगठनमा ४० जनाको केन्द्रीय समिति समेत निर्वाचित गरेको छ । संगठनको अध्यक्षमा महोनप्रसाद फुयाँल निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षमा क्रमशः राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढुंगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष श्री नरेश प्रसाद पटेल चयन भएका छन् ।

संगठनले ११औं महाधिवेशनबाट ११  बुँदे प्रस्ताव पारित समेत गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप