मलाई स्टारडमप्रति विश्वास छैन : धिरज
अभिनेता धिरज मगरले आफूलाई स्टारडमप्रति विश्वास नभएको बताएका छन् । व्यवसाय गर्नका लागि कलाकारको स्टारडम नभइ फिल्म नै राम्रो हुनुपर्ने उनको धारणा छ । आइतबार राजधानीमा फिल्म ‘बाबरी’ ले आयोजना गरेको एक कार्यक्रममा मगरले स्टारडम आफूमा नभएपनि ‘बाबरी’ राम्रो बनेकोले दर्शक तान्न सक्ने बताए ।
‘बाबरी मेरो दोस्रो फिल्म हो । यो क्षेत्रमा अझै मैले धेरै सिक्न बाँकी छ’ मगरले भने ‘कलाकारको रुपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु ।’
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाटै अभिनयमा डेब्यु गरेका मगर ४ वर्षपछि फिल्म ‘बाबरी’ मा देखिन लागेका हुन् । ‘इन्टु मिन्टु लण्डनमा’ बाट दर्शकमा राम्रो क्रेज बनाउन सफल मगरको ‘बाबरी’ अगामी असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।
फिल्मको प्रचार सामाग्रीमा अनुसार उनले फिल्ममा गाउँको काजीको भूमिका निभाएका छन्, जसको गेटअप र बोल्ने शैली पृथक छ । युकेमा हुर्केका धिरजले गाउँले काजीको चरित्रमा आफूलाई दुरुस्त उतार्न सकेका होलान् त ?
‘फिल्ममा मेरो क्यारेक्टर म भन्दा विल्कुलै फरक छ । म युकेमा हुर्केकाले गाउँको सानो राजासाहेबको क्यारेक्टर गर्नु भनेको एकदमै चुनौतीपूर्ण थियो’ उनले थपे ‘यद्यपि, कलाकारको रुपमा मैले आफूले आफूलाई एक्सप्लोर गर्न पाएँ र त्यो क्यारेक्टरलाई न्याय गरेको छु जस्तो लाग्छ ।’
सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा उनी अभिनेत्री अदिति बुढाथोकीको अपोजिटमा छन् । फिल्म प्रेमकथामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’