अभिनेत्री सुरक्षाले ‘द पोयट आइडल’ छान्ने
अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट कवि छान्ने भएकी छन् । रियालिटी शो ‘द पोयट आइडल’ मार्फत उनले उत्कृष्ट कवि छान्न लागेकी हुन् । आइतबार घोषणा भएको रियालिटी शो ‘द पोयट आइडल’ मा उनी लगायत चर्चित कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र प्रतिभाशाली अभिनेत्री सुरक्षा पन्त निर्णायक रहेका छन् ।
अभिनेता दिव्य देव होस्टको रुपमा देखिने शो नेपाली भाषाका कविहरूको प्रतिभा विश्वमा पुर्याउने उद्देश्यका साथ आयोजना हुने भएको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो । शोका निर्देशक अमनप्रताप अधिकारीले गर्नेछन् ।
गीत, संगीत एवं नृत्य वा अन्य विशेष प्रतिभा उजागरका लागि विभिन्न कार्यक्रम हुने गरेपछि कवि प्रतिभाका लागि कुनै कार्यक्रम नभएकोले यो शो ल्याउन लागेको निर्देशक अधिकारीले कार्यक्रममा जानकारी दिए । गामबेसीका कवि क्षेत्र प्रताप अधिकारीको स्मृति पारेर सुरु हुन लागेको शोमा देशका कुना कन्दरामा रहेका कविहरुले समेत स्थान पाउनेछन् ।
कार्यक्रममा सहभागिता जनाउन चाहनेले ‘द पोयट आडल’ को इमेल, ह्वाट्सयाप, भाइबर, फेसबुक जस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैंले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।
आयोजकका अनुसार शो रियालिटी शोको रुपमा टेलिभिजनबाट प्रसारण हुनेछ । कार्यक्रममा सहभागी बीच प्रतिस्पर्धा हुनेछ । प्रस्तुति जाँच्ने निर्णायक हुनेछन् । दर्शकहरुले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न सक्नेछन् ।
हरेक हप्ता एक–एक प्रतिस्पर्धी बाहिरिने कार्यक्रममा आफ्नै हावापानी, आफ्नै माटो सुहाउँदो, पारम्परिक सांस्कृतिक धरोहरलाई मौलिक तरिकाले पेश गरिने र विशुद्ध नेपालीपनलाई आत्मसात गरी निर्माण गरिनेछ । सहभागीका लागि आइतबारदेखि नै आवेदन खुल्ला शोका लागि विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना