आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

आइतबार, २६ भदौ २०७९, १७ : २५
आइतबार, २६ भदौ २०७९

महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् । 

एउटै स्यालले एकै टोलका चार जनालाई टोकेको स्थानीयवासीको भनाइ छ । सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् ।  घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप