सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रले बयानमा ओली र पौडेललाई मुछे, पूर्व प्रधानन्यायाधीशहरूलाई ‘मण्डले’को संज्ञा दिए

आइतबार, २६ भदौ २०७९, २३ : ०८
आइतबार, २६ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग महाभियोग सिफारिस समितिले ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ । समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । जवाफ दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

सर्वोच्च अदालतमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत भवन निर्माणमा सहयोग गरेको जवाफ दिएका थिए । सर्वोच्चको भवन निर्माणकाे ठेक्का प्रकरणमा भ्रष्टाचार भएको भन्दै उजुर परेको थियो । त्यस्तै राणाले पूर्व प्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । ‘पूर्व प्रधानन्यायाधीशहरूको होइन, त्यो पञ्चायतका मण्डलेहरुको समाज हो त्यो’, राणाले आफुविरुद्ध विज्ञप्ति निकाल्ने पूर्व प्रधानन्यायाधीशहरूको समाजप्रति लक्षित गर्दै भने ।  

उनले आफुलाई कार्यालय प्रमुख समेत भनेर दावी गरेका छन् ।  ‘उहाँले कार्यालय प्रमुख म नै हो । त्यही भएर मैले सही गरेँ’, राणाको जवाफ उदृत गर्दै अर्का एक समिति सदस्यले भने, ‘सर्वोच्चको कार्यालय प्रमुख प्रधानन्यायाधीश हुँदैन । रजिष्ट्रार हुन्छ ।’ बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाएका थिए । समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा आफ्नो नभएको भन्दै डिफेन्स गरेका थिए ।  ‘त्यो अडियो मेरो होइन’ राणाको भनाइ थियो । समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप