लालबहादुर र अस्मिता मिस्टर एण्ड मिस थारु घोषित
‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् । शनिबार काठमाडौँमा आयोजित ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौधरीले मिस थारुको उपाधि चित्दा १५ प्रतिस्पर्धीलाई पछि पार्दै रत्गैया मिस्टर थारुको उपाधि हात पारे ।
दुबै विजेताले नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरे । जह इन्टरटेनेमन्ट प्रा.लिको आयोजना रहेको कार्यक्रममा मिस तर्फ चितवनकी सोनुकुमारी महतो फस्ट रनरअप र सप्तरीकी सदीक्षा चौधरी सेकेण्ड रनरअप भए । दुबैले क्रममा ३०, २० हजार, क्राउनलगायत अन्य उपहारहरु प्राप्त गरे ।
त्यसैगरि मिस्टर तर्फ सप्तरीका रोशन चौधरी फस्ट रनरअप र पर्साका लिलानाथ प्रसाद थारु सेकेण्ड भए । दुबैले क्रमश ३०, २० हजार नगद र अन्य उपहारहरु समेत पाए । विभिन्न अवार्डहरु समेत प्रदान गरिएको कार्यक्रममा मिस थारुतर्फ ट्यालेन्ट सोनु महतो, पर्सनालिटी रञ्जु चौधरी, बेस्टवाक बिना धमला थारु, कल्चर रिप्रिजेन्टिटिभ सुष्मा कुमारी चौधरी, डिसिपिलन केनिशा चौधरी, फोटोजेनिक रेनुका चौधरीले घोषित भए ।
त्यस्तै मिस्टर थारुतर्फ ट्यालेन्ट असिम थारु, पर्सनालिटी लालबहादुर रत्गैया, बेस्ट वाक आशिष चौधरी, कल्चर रिप्रिजेन्टिटिभ आशिष थारु, डिसिपिलन हेमन्त चौधरी, फोटोजेनिक लिलानाथ प्रसाद थारु र पब्लीक च्वाईस राजिव चौधरीले पाए । थारु कला, सँस्कृति प्रवद्र्धन उदेश्यले जह इन्टरटेनेमन्ट प्रा.लिले कार्यक्रम आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
-
नेपालमा पहिलो पटक लिक्वीफाइड नेचुरल ग्यास आयात गर्ने अनुमति, एलपी ग्यासभन्दा सस्तो
-
इन्डियन प्रिमियर लिग मेगा अक्सन : वासिङ्टन सुन्दर गुजरात र साम कर्रन चेन्नईमा आबद्ध
-
पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
-
मानव तस्करी प्रकरणमा लिलाबल्लभलाई उन्मुक्ति
-
सिंहदरबारमा बीआरआईको बहस : कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा बहुमत