विप्लव समर्थित मोर्चा र जनप्रगतिशील मन्च पश्चिम एसियाबीच एकता
नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाको क्षेत्रीय समितिको भेला ९ सेप्टेम्बरमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको भेलामा पश्चिम एसियाका सात देशहरु इजरायल, कुवेत, ओमन, बहराइन, साउदी, कतार र युएईका राष्ट्रिय समितिहरुबाट उल्लेखनीय उपस्थिती रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका सह(इन्चार्ज लक्ष्मण पन्तको प्रमुख आतिथ्यता सुरु भएको भेलामा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिव टिबी पाठकको समेत उपस्थिती रहेको थियो । नेपाली जनप्रगतिशील मन्च पश्चिम एसियाका संयोजक शनी कुमार ओलीको सभापतित्व र सचिव हरि नेपालीको संचालन गरेका भेलाले विप्लव समर्थित नेकपाको प्रवासस्थित संगठन नेपाली जनप्रगतिशील मोर्चासँग एकता समेत गरेको छ । साथै नेपाल समाजवादी पार्टीमा आवद्ध राज भट्टराई नेपाली जनप्रगतिशील मन्चमा समाहित भएका थिए ।
कतार, साउदी, बहराइन, ओमन, कुवेत र युएईका जनप्रगतिशील मोर्चाबाट एकता प्रक्रियामा आएकाहरुलाई स्वागत गर्दै प्रमुख पन्तले माओवादीले संविधान सभामार्फत स्थापित गरेका एजेन्डालाई व्यवहारमा लैजानकै लागि पनि माओवादीले जित्नै पर्ने र त्यसको लागि प्रवासी नेपालीहरुको भूमिका महत्वपुर्ण रहने बताए । कार्यक्रममा प्रवास समितिका अध्यक्ष ओम शर्माले पश्चिम एसियाको पहलमा भएको एकता अभियान सराहनीय भएको बताउदै यस किसिमको कार्यक्रम सवैतिर हुनुपर्ने बताए । प्रवास समितिका सचिव टिबी पाठकले भेलामा खाडीमा काम गर्ने मजदुरहरुको उल्लेखनीय रहेको बताउदै एकता भेलाले पश्चिम एसियामा नयाँ सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
भेलाले नेपाली जनप्रगतिशील मन्च पश्चिम एसिया क्षेत्रीय समितिमा शनी कुमार ओली संयोजक र हरि नेपाली सचिव रहने गरी नेपाली जनप्रगतिशील मोर्चाबाट एकता प्रकृयाबाट आएकाहरुको समेत सहभागितामा क्षेत्रीय समितिको पुनर्गठन गरेको छ । जसको सदस्यहरुमा बाबुराम विश्वकर्मा, शम्भु कुमार वाईवा, लक्ष्मण खनाल, ठाकुर प्रसाद ढुंगाना, प्रिथी छक बुढा, अनिरुद्र जोशी, झकेन्द्र खतिवडा, अरुण गुरुङ, कमल महत, रामचन्द्र वाग्ले, नवराज चौलागाई, बाबुलाल बुढा, युवराज कार्की, विपिन निरौला, प्रेम बिक, अमित गौतम, पुष्प लम्साल, बुद्धि भण्डारी, जय किशोर पोद्दार, युवराज केसी, मीन राज नाथ, कृष्ण लिम्बु, उमेश विक, चक्र तामाङ, पुर्ण बिक, मनु मगर, सुजन केसी, राजन श्रेष्ठ, टिकाराम भण्डारीसहित २ जनापछि थप्ने गरी ३३ सदस्यीय समितिको निर्माण गरेको छ ।
समितिको सल्लाहकारमा डिबी क्षेत्री, रमेश भट्ट, रविरमण अधिकारी, होमनाथ शर्मा, जैवी राई, श्रीकृष्ण भट्टराई, कमल शाही, रेशम पौडेल, नारायण रपाल विश्वकर्मा, निमेश गिरी, भीम केरुङ ई.मोहम्मद एयुव हक , जीवन श्रेष्ठ र राजेन्द्र कुमार शर्मा लगायत २ जनापछि थप्ने गरी १५ सदस्य रहने छ । भेलामा नेपाली जनप्रगतिशील मोर्चाको तर्फबाट श्रीकृष्ण भट्टराई, मीन राज नाथ, युवराज कार्कीले प्रतिवद्धता मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’