बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमाथि पुलिसको जित

आइतबार, २६ भदौ २०७९, १६ : १६
आइतबार, २६ भदौ २०७९

विभागीय टिम नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ८६ रनको लक्ष्य पुलिसले १० ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

पुलिसका लागि सुनिल धमलाले ४४ तथा कुशल भुर्तेलले अविजित ३९ रन बनाए । कर्णाली प्रदेशका प्रकाश जैसीले एक  विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन बनाएको थियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले २७ रन बनाए । त्यस्तै विपिन रावलले १७ रन बनाए । 

पुलिसका लागि दिपेन्द्र ऐरी र ललित राजवंशीले तीन तीन विकेट लिए । पहिलो जित हात पारेको पुलिसले २ खेलमा ४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली प्रदेशको भने ३ खेलबाट २ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप