अभिनेत्री स्वस्तिमा बनिन् पपुलर सिने स्टार
अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारा सहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरिएको हो ।
होटल र्‍याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित दर्जनौ सेलिब्रिटीले पनि अवार्ड प्राप्त गरे । जसमा अभिनेता ‘मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्ड’अभिनेत्री गौरी , आइकोनिक पपुलर मोडल अवार्ड मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्डष्ट्रि अवार्ड सुक्निता चौलागाईले पाए ।
त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्ड गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धीरज राईसमेत हात पारे ।
कार्यक्रममा स्नेहा राना, रोजिन शाक्य, धर्म बहादुर बानियाँ, सावित्री शाह, राधा हमाल बानियाँ, मनु बान्ता मगर लगायत समेत सम्मानित भएका थिए ।
गायक धीरज राई राईको सांगीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा फेसनशो समेत आयोजना भएको थियो ।
नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसँगै फेसन एवम् मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन