काठमाडौँ आएर शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना (तस्बिरहरु)

निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् ।
आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखिएको र निहारिकाले नै शिवराजलाई आफ्नो पति भनेको कारण जबरजस्ती करणी होइन भन्ने फैसलामा उल्लेख थियो ।
तर उक्त फैसलालाई चित्त नबुझाएकी निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गएकी थिइन् । उच्च अदालतमा पुनरावेदन दर्ता गरेसँगै निहारिकाले काठमाडौंमा अनसन समेत बसेकी थिइन् । त्यसैको दबाबस्वरुप उच्च सरकारी वकिलले बहसका क्रममा डीएनए टेष्टका माग गरेका थिए । सोही आधारमा अदालतले निहारिकाबाट जायजन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । यद्यपि जिल्ला अदालतमा मागदाबी लिँदा भने डीएनए टेष्टको माग गरिएको थिएन ।
उच्च अदालतले डीएनए टेष्टका लागि आदेश दिएसँगै श्रेष्ठ आइतबार डीएनए टेष्टका लागि काठमाडौं आएका हुन् । विधिविज्ञान प्रयोगशालामा निहारिका पनि बच्चासहित पुगेकी थिइन् । डीएनए टेष्ट गर्दा बालकसँग मिलेमा श्रेष्ठविरुद्ध जबरजस्ती करणी ठहर हुनुपर्ने निहारिकाले माग गर्दै आएकी छिन् ।
यता श्रेष्ठले भने डीएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रुपमा स्वीकार गर्ने बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले अफगानिस्तानलाई दियो १९२ रनको लक्ष्य
-
चैत १५ को घटनापछि एकीकृत समाजवादीले संशोधन गर्यो आन्दोलनको कार्यतालिका (पत्रसहित)
-
ट्रम्पको घोषणापछि धमाधम घट्न थाल्यो भारतीय फर्मा कम्पनीहरूको सेयर मूल्य
-
बीमाको आधारमा इ-कर्जा : खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
-
रोनाल्डो र फिगोजस्ता चर्चित फुटबलर तयार पार्ने प्रशिक्षक अरेलियो परेराको निधन
-
सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ