गठबन्धनका शीर्ष नेताको बैठक भोलि बस्ने
आइतबार, २६ भदौ २०७९, १५ : १९

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । खनालले सञ्चारकर्मीसँग भने, ‘कयौं कुरा मिलिसकेको छ, कयौं मिलाउन बाँकी छ। भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
-
संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार विर्सन मिल्दैनः राष्ट्रपति पौडेल
-
मुस्ताङमा च्याङ्ग्रा जोन : ७८ फार्म सूचीकृत
-
तरुण दलले दियो अधिवेशनको मिति तोक्न तल्ला समितिलाई निर्देशन
-
तिनकुने घटनाका विषयमा सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय
-
नेपालमा हवाई र पर्यटन क्षेत्रमा लगानी बढाउन सकारात्मक छौँ : थाइ प्रधानमन्त्री शिनावात्रा