सेयर बजारको कारोबार ७४ करोडमा खुम्चियो
साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो गिरावट आएको छ । नेप्से सूचकमा ११ अंकको मात्र गिरावट आएपनि कारोबारमा भने अनपेक्षित गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.४६ अंकले घटेर १९२६.२८ अंकमा झर्दा कारोबार रकम भने ७४ करोड ७२ लाख रुपैयाँमा खुम्चिन पुगेको छ । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो ।
आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ भने आज डेभलपमेन्ट बैंकको उपसूचक १.५३ प्रतिशतले, होटल तथा पर्यटन १.४१ प्रतिशतले, फाइनान्स १.३७ प्रतिशतले र इनभेष्टमेन्ट समूहको उपसूचक १.०८ प्रतिशतले घटेको छ ।
मैलुङ खोला जलविद्युत कम्पनीका सेयरधनीहरुले ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयरधनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै
-
अपडेट : ७१ जिल्लामा भूमि आयोग गठन, अध्यक्षहरूले लिए शपथ (सूचीसहित)