शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय

नेपाली खाऔं नेपाली लगऔं अभियान चलाउनुपर्छ : पवन गोल्यान

आइतबार, २६ भदौ २०७९, १५ : १२
आइतबार, २६ भदौ २०७९

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् ।  आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले नेपाली कृषिजन्य उत्पादनहरु भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरुमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरुले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सिविफिनले आर्थिक सहयोग गर्नसक्ने बताए ।

अध्यक्ष गोल्यानले युवाहरु भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भुमिका खेल्नुपर्ने बताए । उनले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । अध्यक्ष गोल्यानले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्नेगरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे ।

अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरुको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपाल भित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे ।

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनको लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर नेपाली उत्पादन लगाउन र खान आवश्यक रहेको बताए । उनले अब सबै नेपालीले नेपाली लगाऔं नेपाली खाऔं अभियान चलाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप