बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निशान भट्टराईको ‘म त तिम्रै हुँ’ सार्वजनिक

आइतबार, २६ भदौ २०७९, १४ : ५६
आइतबार, २६ भदौ २०७९

गायक निशान भट्टराई र किसु थापाको आवाजमा रहेको ‘म त तिम्रै हुँ’ बोलको गीतमा बनाइएको भिडियो सिमरामा सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार बिकास पाण्डेको शब्द र संगित रहेको गीतको भिडियोमा युवराज केसरी र रितु चौधरीले अभिनय गरेका छन् ।

बाराको अमलेखगञ्ज, निजगढ क्षेत्रमा छायांकन गरिएको भिडियोमा निर्देशन, छायांकन र सम्पादनको काम विकास गुरुङले गरेका छन् । सिमरास्थित बिएस मेकरका सञ्चालक विकास गुरुङको छायांकन, निर्देशन र सम्पादन भएको यो पहिलो गीत हो ।

गीतको एरेन्ज एनएस आर्यालले गरेका हुन् । गीतका संगीतकार पाण्डेले करिब डेढ महिनाको अवधिमा जिल्लाका निजगढ, अमलेखगञ्ज लगायतका पर्यटकीय क्षेत्रहरुमा पुगेर भिडियो खिचिएको बताएका छन् । म्युजिक भिडियोमा अटो चालक र एक युवती बीचको प्रेमलाई देखाउन खोजिएको छ ।

भिडियो सार्वजनिक कार्यक्रमका लागि सिमरा आएका गायक निशान भट्टराईले उत्कृष्ट शब्द र संगीत रहेका कारण आफूले म त तिम्रै हुँ बोलको गीतका लागि काम गरेको बताए । गायक भट्टराईले सामुहिक रुपमा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा गायक कमल के क्षेत्री, भोजपुरी गायक प्रमोद जख्मी, गायक देवेन्द्र कार्की, निर्माता प्रदीप गौतम सहभागी थिए । गायक क्षेत्रीले उत्कृष्ट शब्द, संगित, छायांकन र निर्देशनले गित अत्यन्तै हेर्न र सुन्न लायक बनेको प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप