आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई गोकुल बास्कोटाको प्रश्न– प्रधानमन्त्रीको उमेदवार को रहेछ ?

आइतबार, २६ भदौ २०७९, १४ : १८
आइतबार, २६ भदौ २०७९

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।  गठबन्धनका दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको  सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् । 

‘गठबन्धनको प्रमको उमेदवार को रहेछ ? त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।  गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् । 

‘घ्यु बेचुवा र तलबार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्याएर छाड्ने न हो,’ उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप