मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बाबुरामको दावी : प्रदेश–१ र मधेसबाहेक अन्य प्रदेशमा जसपाभन्दा नेसपा बलियो

आइतबार, २६ भदौ २०७९, १३ : ५६
आइतबार, २६ भदौ २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश–१ र मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशमा जनता समाजवादी पार्टीभन्दा नेसपा बलियो रहेको दावी गरेका छन् । भदौ २० देखि २५ गतेसम्म नेसपाका सबै प्रदेश र गैर भौगोलिक प्रदेशमा भएका अभिमुखीकरण कार्यक्रमपछि अध्यक्ष भट्टराईले सो दावी गरेका हुन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले प्रदेश–१ र मधेश प्रदेशबाहेक सबै प्रदेशमा तत्कालीन जसपाको मूल नेता, कार्यकर्ता र समर्थकको पंक्ति नेसपामा आबद्ध भएको दावी समेत उनले गरेका छन् । जसपाबाट अलग भएर अध्यक्ष भट्टराई नेसपा गठन गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानलाई शून्यतामा राखेर आफूहरुले नेसपा निर्माण गरेको बताउँदै उनले निर्माण गरेको पुरानो पार्टीको आधिकारिकता नदिइए पनि विचार र संगठनलाई रक्षा र पुनर्गठन गर्दै अगाडि बढेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप