ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी हुने
ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो । कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्याउने भएको हो ।
इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद भने कम्पनीले असोज १३ गतेसम्मलाई तोकेको छ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछन् । सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार्जिङ स्टेसनमा लगानी बढाउँदै निजी क्षेत्र, ६०० वटा स्टेसन बनाउन अनुमति माग
-
गरिखाउन् भनेर भरथेग दिएका पार्टीहरूले गरी खाएनन् : प्रधानमन्त्री ओली
-
कृषि विभाग परिसरमा रैथाने बाली प्रदर्शनी हुने
-
धूम ४ मा रणवीरको इन्ट्री
-
आईटी कम्पनीलाई विदेशमा विस्तार गर्ने कानुनी सुधार स्वागतयोग्य : क्यान महासंघ
-
जाडो विदामा काठमाडौँ महानगरले सामुदायिक र बोर्डिङ स्कूलका शिक्षकहरूलाई तालिम दिँदै