आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता सेयर लिलामी हुने

आइतबार, २६ भदौ २०७९, १३ : २७
आइतबार, २६ भदौ २०७९

ङादी ग्रुप पावरको १२ लाख ५७ हजार कित्ता बराबरको सेयर लिलामी हुने भएको छ । कम्पनीले आउँदो असोज २ गतेबाट सर्वसाधारण तर्फको कुल १२ लाख ५७ हजार २९० कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हो ।  कम्पनीले साउन १८ गतेदेखि १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

जसमध्ये प्राथमिक चरणमा कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । जति बेला खुल्ला गरेको हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर पुनः लिलामीमा ल्याउने भएको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद भने कम्पनीले असोज १३ गतेसम्मलाई तोकेको छ ।  आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछन् । सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप