मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह
![मधेशमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह](https://rpcdn.ratopati.com/media/albums/lalbabu_raut_kJekv9JfPv.jpg)
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेशमा लगानी गर्न आग्रह गरेका छन् । मधेशी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उनले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाए । उनले भने, “आफ्नो माटोप्रति तपाईंहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेश सरकारको तर्फबाट तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेश निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”
प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरीसकेको उनले स्पष्ट पारे । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन तस्करी प्रकरण : यूएसडीटीसँगै ‘पेवेल’ र ‘सजिलो’मार्फत यसरी हुन्थ्यो भुक्तानी
-
इटहरीमा एमालेका जनप्रतिनिधिको कारण उपभोक्ताले करोडौँ भुक्तानी पाएनन् : मेयर पौडेल
-
कांग्रेसले मर्यादा विपरीत गतिविधि गर्यो : मुख्यमन्त्री कँडेल
-
स्वास्थ्य मन्त्रीका ४८ दिन : सूचनाविनै अस्पतालको अनुगमनदेखि जनशक्तिका लागि पहल
-
सरकार फेरबदल हुँदैन, यही गठबन्धनलाई बलियो बनाएर जाने सहमति भएको छ : प्रवक्ता सापकोटा
-
गण्डकीको बजेट बहुमतले पारित