जर्सिङपौवा छायांकन हुँदै ‘सैमी’
आइतबार, २६ भदौ २०७९, १२ : ४३
उदय सुब्बाको निर्देशन रहने फिल्म ‘टोनक बैना (सैमी)’ को छायांकन सुरु भएको छ । प्रेमकथामा निर्माण हुन लागेको फिल्मको छायांकन केही दिन अगाडि काठमाडौंंको जर्सिङपौवाबाट सुरु भएको हो । अझै केही दिन फिल्मको छायांकन यहि हुने निर्देशक सुब्बाले जानकारी दिए ।
गौरव पहारी, अर्जुन गुरुङ, बुद्धि तामाङ, अम्बिका राई, प्रितिका शर्मा सुरवीर पण्डित लगायत कलाकारको मुख्य भुमिका रहने फिल्म अम्बिका राईले निर्माण गर्न लागेकी हुन् ।
माता सुमित्रा फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन काठमाडौंपछि, सिन्धुपाल्चोकमा पनि छायांकन हुनेछ ।
सुब्बा निर्देशित पछिल्लो फिल्म ‘आकाशे खेती’ केही अगाडि प्रदर्शनका आएको थियो । फिल्मले बक्स अफिसमा व्यवसायिक सफलता भने हात पार्न सकेन ।