शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

पुजारीलाई गोली हानेर भागेकासहित २ जना फरार प्रतिवादी पक्राउ

आइतबार, २६ भदौ २०७९, १२ : ३१
आइतबार, २६ भदौ २०७९

रौतहटको माधवनारायण नगरपालिका–२ स्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर भागेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । देवाही गोनाही नगरपालिका–१ करुनिय घर भएका मोहमद कासिम उर्फ शेख विकाउलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुँवरले रातोपाटीलाई बताए ।

२०७७ भदौ ३ मा ६५ वर्षीया पुजारी श्रीराम शाहको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । दुई वर्षपछि पक्राउ परेका अभियुक्तलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । त्यस्तै, लागु औषध मुद्दामा फरार रौतहटको यमुनामाई गाउँपालिका घर भएका राम नरेश शाह कानुलाई पनि प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय कानुलाई भदौ २४ मा पक्राउ गरिएको इन्स्पेक्टर कुँवरले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप