‘देशद्रोही पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँच जनालाई जेल सजाय
‘देशद्रोही’ पुस्तक प्रकाशन गरेको अभियोगमा हङकङका पाँचजना 'स्पिच थेरापिस्ट'लाई जेल सजाय सुनाइएको छ । बालबालिकासम्बन्धी ती पुस्तक लेख्ने पाँचै जना थेरापिस्टलाई १९ महिनाको जेल सजाय सुनाइएको हो । भेडाहरूले आफ्नो गाउँमा ब्वाँसाहरुलाई रोक्न खोजेको पुस्तकको विषयलाई अधिकारीहरूले हङकङ र बेइजिङ सरकारको सन्दर्भसँग जोडेका छन् ।
पुस्तकले मानिसहरूको दृष्टिकोणबाट इतिहासलाई क्रमबद्ध रूपमा तयार पारिएको लेखकहरूले तर्क गरेका छन् । तर,सरकारले छनोट गरेका न्यायाधीशले लेखकले ‘ब्रेनवासको अभ्यास’ गरेको निस्कर्ष निकालेका छन् । पाँच जना ‘स्पीच थेरापिस्ट’ म्यान–लिङ, मेलोडी येउङ, सिडनी एनजी, स्यामुएल चान र फयलन्गले यसअघि नै एक वर्षभन्दा बढी जेलमा बिताइसकेका छन् ।
सन् २०२० देखि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि नागरिक स्वतन्त्रतामाथिको दमनबीच चीनले सजाय सुनाएको हो । सहरलाई स्थिरतातर्फ लैजान कानुन आवश्यक भएको बेइजिङले तर्क गर्दै आएको छ । तर, असन्तुष्टलाई दमन गर्न र हङकङको स्वायत्तलाई कमजोर पार्न उक्त कानुन आवश्यक रहेको बेइजिङले दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशमा चिस्यान केन्द्र दिगो व्यवस्थापन कसरी गर्ने ?
-
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज