खाना डेलिभरी गर्ने कम्पनी भोजले अक्वायर गर्यो अर्काे कम्पनी क्विकर
खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।
प्रविधिको प्रयोग गरी भोज र क्विकर दुबै कम्पनीले खाना डेलिभरी गर्ने कार्य गर्ने गरेका छन् । प्रविधिमा आधारित एउटा कम्पनीले त्यस्तै अर्काे कम्पनी अक्वायर गरेको यो नै पहिलो पटक पटएको भोजले दाबी गरेको छ । भोजले काठमाडौं उपत्यका तथा बुुटबल र भैरहवामा विगत ५ वर्षदेखि खाना तथा ग्रोसरी सामान डेलिभरी गर्दै आएको थियो । भोजले ९ सय रेष्टुरेन्टसँग सहकार्य गरी रातको २ बजेसम्म खाना डेलिभरी गर्ने गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, क्विकरले विराटनगरलाई केन्द्र बनाएर विगत ३ वर्षदेखि खाना डेलिभरीको काम गर्दै आएको थियो । क्विकरले करिब ७५ वटा रेष्टुरेन्टसँगको सहकार्यमा खाना डेलिभरी गर्ने कार्य गर्दै आएको हो ।
‘हामी हाम्रो सेवालाई पूर्वी नेपालमा विस्तार गर्न खोजिरहेका थियौं, यसमा रणनीतिक महत्वको साझेदार क्विकरफुड पाएका छौं, अब हामी पूर्वी नेपालमा पनि खाना र ग्रोसरी सामान डेलिभरीको सेवा प्रदान गर्छाैं,’ भोजका सहसंस्थापक निकेत अग्रवालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई प्रचण्डको प्रश्न : भ्रष्टाचार काण्डहरुको छानबिन कहाँ पुग्यो ?
-
शरीरलाई आयोडिन नुन किन आवश्यक छ ?
-
माग पुरा नभए सबै एलपी ग्यास उद्योग बन्द गर्ने घोषणा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
कांग्रेसलाई प्रचण्डले सोधे– सामाजिक सञ्जाल नियमन विधेयकमा तपाईंहरु ओलीसँगै हो ?
-
ओली संगठित अपराधको मतियार हो : प्रचण्ड