शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मदन कृष्णको स्वर तथा अभिनयमा ‘माया रोपे माया फल्छ’

आइतबार, २६ भदौ २०७९, ११ : ३६
आइतबार, २६ भदौ २०७९

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर तथा अभिनय रहेको नयाँ गीत ‘माया रोपे माया फल्छ’ दर्शक तथा स्रोतामाझ आएको छ । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रहेको गीतमा कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीत दिएका छन् । पुरुषोत्तम सुवेदी गीतका संगीत संयोजक रहेका छन् । 

कृष्णदेव रुपाखेतीले निर्देशन गरेको गीतको भिडियोमा कलाकार श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । अभिनयमा उनलाई निक शर्मा, रिचा थापा तथा बालकलाकार अर्नव घिमिरेले साथ दिएका छन् ।

उत्सव दाहालको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले भिडियोमा एउटा पारिवारिक कथावस्तुलाई समावेश गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप