गुल्मी २ बाट रामकुमारी झाँक्री सिफारिस
आइतबार, २६ भदौ २०७९, ११ : ३४

नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।
समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सह-इन्चार्जमा गणेश बिश्वकर्मा रहेका छन् ।
यसैबीच पार्टीको जिल्ला भेलाले श्रीराम महतको अध्यक्षतामा जिल्ला कमिटि पुनर्गठन गरेको छ । केही दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र इन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेपछि जिल्लाको कमिटि पुनर्गठन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
६ स्थानमा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची)
-
शिक्षक नेताहरूलाई वार्तामा जाँदा आफ्नै आन्दोलनरत शिक्षकहरूबाट डर !
-
एलओडी बन्यो विश्वकै ४४ औँ उत्कृष्ट क्लब
-
बार निर्वाचन : मिश्र २ हजार ४३१ मतान्तरले विजयी
-
बक्स अफिसमा विदेशी फिल्म : कुनैको १५ वटा टिकट बिक्री, कुनैको ८ लाख !