सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

रचना रिमालको स्वर रहेको गीत ‘लौन गारो भो’ सार्वजनिक

आइतबार, २६ भदौ २०७९, ११ : १८
आइतबार, २६ भदौ २०७९

पछिल्लो समयकी चर्चित गायिका रचना रिमालको स्वर रहेको गीत ‘लौन गारो भो’ सार्वजनिक भएको छ । डा.आदित्य जोशीको शब्द तथा कर्ण सञ्ज्यालको संगीत रहेको गीत गायनमा गायिका रिमाललाई आदित्य जोशीले स्वरमा साथ दिएका छन् । 

केशव बडुको एरेन्ज रहेको गीतको भिडियोमा पुस्तामाझ लोकप्रिय मोडल सरोज प्रजा, बिना राउत, रोशन पाण्डे, सिर्जना चन्द र दिनेश दर्जीको अभिनय छ । नृत्यलाई प्राथमिकतामा राखेर कथात्मक शैलीमा भिडियो निर्माण भएको छ ।  दुर्गा वान्तवा राईको निर्देशन रहेको भिडियोमा सरोज प्रजाको कोरियोग्राफी, मनोज राई र निर्देशक राईको छायाँकन तथा मनोज राईको सम्पादन छ ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप