एकीकृत समाजवादीले ४० सिट जित्ने नेताहरुको दाबी
नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा. विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा. पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको बताए । समाजवादीको सहयोग विना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ मेकरको रुपमा स्थापित हुने आधारहरू रहेको उपमहासचिव पौडेलको भनाइ छ ।
शनिबार बेलुका अबेरसम्म भएको प्रशिक्षण कार्यक्रममा उपमहासचिव पौडेलले गठवन्धनको सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्ने गरी बाध्य बनाउने नीति पार्टीले लिएको उल्लेख गरे ।
एमाले पार्टी अध्यक्ष केपी ओलीले केशरजंग रायमाझीको धारमा पार्टीको गतिविधि संचालन गरी नेपालका कम्युनिष्टलाई धरासायी बनाउने अभियानमा सक्रिय भएकोले एमालेबाट विद्रोह गरिएको पौडेलले बताए ।
कार्यक्रममा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डेले अहिलेको गठबन्धन अझै १० बर्षसम्म कायम रहने बताए । गठबन्धन नभएको भए अहिले देशमा ओलीको निरंकुश शासन संचालन हुने, संविधान च्यातिने अवस्था रहेको उनले उल्लेख गरे ।
पाण्डेले प्रत्यक्षतर्फ समाजवादीले २५ सिट पाउने, समानुपातिक १५ सिट सम्म ल्याउने गरी तयारी भईरहेको र आगामी निर्वाचनपछि समाजवादीको प्रतिनिधिसभामा कम्तीमा ४० सिट कायम रहने दावी गरे । केन्द्रमा गठबन्धन विच २०७४ सालमा प्रत्यक्षतर्फ जनु पाटीले जितेको छ त्यही अनुसार सिटबाडको मोडालिटी भएकोले पाल्पा क्षेत्र नंं २ मा समाजवादीको टिकट पक्का जस्तै भएको अध्यक्ष पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा