शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादीले ४० सिट जित्ने नेताहरुको दाबी

आइतबार, २६ भदौ २०७९, १० : ३१
आइतबार, २६ भदौ २०७९

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा. विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा. पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको बताए । समाजवादीको सहयोग विना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ मेकरको रुपमा स्थापित हुने आधारहरू रहेको उपमहासचिव पौडेलको भनाइ छ ।

शनिबार बेलुका अबेरसम्म भएको प्रशिक्षण कार्यक्रममा उपमहासचिव पौडेलले गठवन्धनको सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्ने गरी बाध्य बनाउने नीति पार्टीले लिएको उल्लेख गरे ।
एमाले पार्टी अध्यक्ष केपी ओलीले केशरजंग रायमाझीको धारमा पार्टीको गतिविधि संचालन गरी नेपालका कम्युनिष्टलाई धरासायी बनाउने अभियानमा सक्रिय भएकोले एमालेबाट विद्रोह गरिएको पौडेलले बताए ।

कार्यक्रममा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डेले अहिलेको गठबन्धन अझै १० बर्षसम्म कायम रहने बताए । गठबन्धन नभएको भए अहिले देशमा ओलीको निरंकुश शासन संचालन हुने, संविधान च्यातिने अवस्था रहेको उनले उल्लेख गरे । 

पाण्डेले प्रत्यक्षतर्फ समाजवादीले २५ सिट पाउने, समानुपातिक १५ सिट सम्म ल्याउने गरी तयारी भईरहेको र आगामी निर्वाचनपछि समाजवादीको प्रतिनिधिसभामा कम्तीमा ४० सिट कायम रहने दावी गरे । केन्द्रमा गठबन्धन विच २०७४ सालमा प्रत्यक्षतर्फ जनु पाटीले जितेको छ त्यही अनुसार सिटबाडको मोडालिटी भएकोले पाल्पा क्षेत्र नंं २ मा समाजवादीको टिकट पक्का जस्तै भएको अध्यक्ष पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप