रिभ्यू : टीभीएस अपाचे आरटीआर १६० फोर–भी
टीभीएस मोटर्सको लोकप्रिय मोटरसाइकल ‘टीभीएस अपाचे आरटीआर १६० फोर–भी’ यतिखेर बजारमा निकै चर्चामा छ । डिजिटल नेभिगेसन सिस्टम, ब्लूटुथ कनेक्टिभिटीसहितको मोटरसाइकलमा थप थ्री मोड राइड सिस्टम तथा एबीएस (अटोमेटिक ब्रेकिङ सिस्टम) समेतको सुविधाले आरटीआर फोर–भी लाई विशेष बनाएको हो । मोटरसाइकलको आकर्षक साजसज्जा र उत्कृष्ट पावर पिकअप त छदैछ ।
१६० सीसी इन्जिन क्षमताको मोटरसाइकलमा कम्पनीले थ्री मोड प्रदान गरिएको छ । अर्थात् बाटोको अवस्था र आवश्यकता अनुसार मोटरसाइकलको गति र पावरलाई एकीकृत गर्न सकिन्छ ।
जस्तो, सुगम (अनरोड) का लागि स्पोर्टी मोडमा राखेर फुल पावरमा मोटरसाइकललाई ११४ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ । जति बेला १७.५५ पीएसमा इन्जिनले ९ हजार २५० आरपीएमसम्मको पावर जेनेरट गर्न सक्छ भने १४.७३ एनएममा ७ हजार २५० आरपीएम टक्र्यू उत्सर्जन गर्नसक्छ । जसले यात्रालाई स्मुथ र गतिशिल बनाउँछ ।
यस्तै, अर्बन मोडमा १५.६४ पीएसमा ८ हजार ६०० पावर र १४.१४ एनएममा ७ हजार २५० आरपीएमको टर्क जेनेरेट हुन्छ । जुन मोडमा अधिकतम १०३ किलोमिटर प्रतिघण्टाको गतिमा स्पीड राइड गर्न सकिन्छ ।
र तेस्रोमा कम्पनीले रेन मोड प्रदान गरेको छ । कच्ची बाटो, हिलोमा पनि बाइकको गतिलाई सन्तुलित राख्न रेन मोडले विशेष सहयोग गर्दछ । एबीएससहितको ब्रेकिङ सिस्टमले बाइकको गतिलाई आवश्यकता अनुसार चाहिएको समयमा नै सुरक्षित अवतरण गराउँदछ । यस मोडमा १५.६४ पीएसको पावरमा ८ हजार ६०० आरपीएम र १४.१४ एनएममा ७ हजार २५० को आरपीएम जेनेरेट गर्दछ भने बाइकलाई १०३ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।
स्मार्ट कनेक्सन–सेन्सरको सुविधा
टीभीएस अपाचे आरटीआर १६० फो–भी मा पहिलो पटक कम्पनीले ब्लू टुथ कनेक्टिभिटीसहितको सेन्सर सुविधा उपलब्ध गराएको छ । उसो त यसअघिको आरटीआरसँग फोर–भीको धेरै विशेषताहरु मिल्ने भएपनि पछिल्लो समय कम्पनीले मोटरसाइकलमा थ्री मोडसहित सेन्सरको सुविधा थप गरेको हो । बाइकमा कल, एसएमएस आलर्टदेखि लो–फ्यूल वार्निङ, पम्प इन्डिकेटर, लिन एंगल मोडदेखि क्र्यास आलर्ट सिस्टम समेत जडान गरिएको छ । जसले मोटरसाइकललाई बेस्ट ईन क्लासकै रूपमा स्थापित गराएको छ । यसअघि उपलब्ध आरटीआर १६० मा यस्तो सुविधा उपलब्ध थिएन ।
एफआई फ्यूल सिस्टमसहितको एबीएस सिस्टम, १३५७ एमएमको ब्हील बेससहित १८० एमएमको ग्राउन्ड क्लियरेन्सले मोटरसाइकललाई अफरोड विशेष नै बनाएको छ ।
आरटीआर १६० फोर–भीमा फुल डिजिटल नेगिएसन सिस्टम रहेको छ, जसमा स्पिडोमिटरसहित डिजिटल फ्लूल इन्डिकेटर, गेयर इन्डिकेटर, टाइम वाचसमेत उपलब्ध छ । अपग्रेडेड आरटीआर १६० फोर–भी नाइट ब्ल्याक, मेटालिक ब्लू र रेसिङ रेड गरी तीन कलरमा उपलब्ध छ ।
गत अप्रिल, २०२२ मा मात्र नेपाल भित्र्याइएको आरटीआर १६० फोर–भीको बजार मूल्य कम्पनीले ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । मिडियम क्लासमा उत्कृष्ट फिचर्सहरु प्रदान गरिएकाले पनि बजारमा आरटीआर फोर–भीको लोकप्रियता निकै बढ्दो छ । यद्यपि, दसैंतिहार जस्ता ठूला चाडपर्वमा उपहार योजनासहित विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ । टीभीएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार जित
-
सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैन : मुख्यमन्त्री लामा
-
न्यायपरिषद्को संरचनालाई राजनीतिमुक्त बनाउनुपर्छ : न्यायाधीश मल्ल
-
पठन संस्कृतिको अभावले समाज अराजकतातिर : सभामुख घर्ती
-
५ महिनामा साढे ४१ करोडको अम्रिसो निर्यात
-
चलायमान हुन नसकेका प्रदेश सरकारहरू