बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो बायर्न, डर्टमण्ड पराजित

आइतबार, २६ भदौ २०७९, ०८ : ५४
आइतबार, २६ भदौ २०७९

साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । स्टुटगार्डले इन्जुरी समयमा पेनाल्टी पाएपछि बायर्न २–२ को बराबरीमा चित्त बुझाउन बाध्य बनेको हो । खेलको ९२ औँ मिनेटमा पाएको पेनाल्टीलाई सरहोउ गुइरासीले सजिलै गोलमा परिणत गरेका थिए ।

खेलको पहिलो हाफमा १७ वर्षीय म्याथिस टेलले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, ५७ औँ मिनेटमा क्रिस फ्युरिचले बराबरी गोल फर्काए । लगत्तै जमल मुसियालालाई पुनः अग्रता दिलाए । 

१९ वर्षीय खेलाडीको सिजनको चौथो गोल बायर्नको जीतका लागि पर्याप्त हुने देखिएको थियो । तर, म्याथिस डि लिटले गुइरासीलाई फल हानेपछि स्टुटगार्डले पेनाल्टी पाएको थियो । ६ खेलपछि बायर्न १२ अंकसहित गोलअन्तरले लिगको शीर्ष स्थानमा रहेको छ ।

उता, उपाधिको दाबेदार बोरुसिया डर्टमण्ड आरबी लेइपजीगसँग ३–० गोलले पराजित भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको होफनहाइमले माइन्जलाई ४–१ को गोल अन्तरले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप