बार्सिलोना शीर्ष स्थानमा उक्लियो
आइतबार, २६ भदौ २०७९, ०८ : २५
घरेलु टोली क्याडिजलाई ४–० ले पराजित गर्दै शनिबार राति बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । यस खेलसंगै बार्सिलोना जारी सिजनमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । बार्सिलोना ५ खेलबाट १३ अंक साथ शीर्षस्थानमा उक्लियो । यद्यपि, रियल मड्रिडले एक खेल कम खेलेको छ। रियलको १२ अंक छ । क्याडिज पुछारमा छ ।
फरवार्ड रोबर्ट लेवान्डोस्कीले एक गोल सहित दुई असिस्ट दिए ।
यस्तै, फ्रान्की डी जोङ, अन्सु फाती र औसमाने डेम्वेलेले समान एक एक गोल गरे । पहिलो हाफमा गोल निकाल्न नसकेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा चार गोल गरेको थियो । खेल क्रममा एक दर्शकको स्वास्थमा समस्या देखिएपछी आधा घन्टा बढी खेल रोकिएको थियो ।
अर्को खेलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोलाई ४९१ ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म