शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

ग्रीनलाइफ पोलिक्लिनिक हस्पिटलमा रुपान्तरण हुँदै

आइतबार, २६ भदौ २०७९, ०७ : ३१
आइतबार, २६ भदौ २०७९

काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।  

स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो । 

त्यस्तैगरी टोखा नगरपालिका उपप्रमुख मुरारी तामाङ, नेपाल चिकित्सक संघका महासचिब डा. बद्री रिजाललगायत ६२ जना चिकित्सकले बैठकमा सहभागिता जनाएका थिए । 

अस्पताल स्थापनाको अवधारणा र भावी कार्ययोजनाका बारेमा डा. क्षितिज सापकोटाले बैठकमा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप