राष्ट्रपतिको भूमिकालाई लिएर घोचपेचमा ओली-प्रचण्ड
संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेसँगै राजनीतिक दलका नेता 'राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका'लाई लिएर घोचपेचमा उत्रेका छन्।
राष्ट्रपति भण्डारी 'विधेयक स्वीकृत गर्ने कि नगर्ने ?' भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत् रहेको बताइन्छ । 'विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने वा के गर्ने ?' भन्नेबारे राष्ट्रपति आन्तरिक छलफलमा रहेकै बेला दुई कम्युनिस्ट पार्टी अध्यक्षद्वय सार्वजनिक रूपमै घोचपेचमा उत्रेका हुन्। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बहुमतसहित संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले 'राष्ट्रपतिले पुनर्विचार गर्न दिएको सुझाव सत्तारूढ दलले बेवास्ता गरेको' भन्दै आपत्ति जनाएका छन्। आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्ध शब्द सरकारी कामकाजमा प्रयोग नल्याउन सर्वोच्चको अन्तरिम आदेश
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते