आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा पढ्न बञ्चित गरिएको भन्दै महिलाको प्रदर्शन

शनिबार, २५ भदौ २०७९, २१ : ५३
शनिबार, २५ भदौ २०७९

अफगानिस्तानमा बढ्न नपाएको विरोधमा युवतीहरूले विरोध प्रदर्शन गरेका छन् ।  आफ्ना लागि विद्यालय बन्द गरिएको विरोधमा छात्राहरूले देशको पक्तिया प्रान्तमा प्रदर्शन गरेको जनाइएको छ ।   पाक्तियाको मध्यभागमा भेला भएका छात्राहरूले विद्यालय सूचारु गर्न र युवतीहरूलाई पनि पढ्न दिन माग गर्दै र्याली निकालेका थिए । 

“आफ्ना विद्यालयहरू बन्द गरिएको विरोधमा पक्तियाको मुख्य भागमा छात्राहरूले प्रदर्शन गरेका छन्,” प्रदर्शनका एक प्रत्यक्षदर्शीले भने ।  स्थानीय सरकारले यसअघि कक्षा छ भन्दा माथि पढ्न दिने र त्यसका लागि विद्यालयहरु खुल्ला गर्ने निर्णय गरेको थियो, तर त्यो निर्णय पनि केही समयपछि उल्ट्याइएको थियो । 

विद्यालय तत्काल खुल्ला गर्न र छात्रालाई पनि अध्ययन अध्यापन गर्ने वातावरण बनाउन अधिकारवादीहरुले दवाव दिदै आएका छन् ।  देश भित्रका र देश बाहिरका अधिकारवादीहरुको पटक पटकको दवावका आधारमा तालिवान सरकारका अधिकारीहरुले विद्यालय तत्काल खुल्ने र छात्रालाई पनि पढ्न दिने आश्वासन दिने गरेपनि व्यवहारमा भने अझै पनि आलटाल गर्दै आएका छन् । 

तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुलाई अध्ययन, अध्यापन र रोजगारी गर्न प्रतिवन्ध लगाइएको छ । उनीहरुलाई घर बाहिर निस्कँदा पनि एक्लै नहिड्न आदेश दिइएको छ ।
 
तालिवान सरकारले मुस्लिम कानुनअनुसार सरकार चलाउने प्रयास गरिरहेको छ भने त्यसका विरुद्धमा विभिन्न क्षेत्रबाट आवाज उठिरहेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप