आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता

शनिबार, २५ भदौ २०७९, २१ : २५
शनिबार, २५ भदौ २०७९

रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्केका तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल रहेको आफन्तले बताएका छन् ।

उनीहरू बुटवलको-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । हिजो विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका छन् । 

पौडेलका मामा राजु पन्थीले बच्चाहरू अपहरण गरेर बन्धन भएको आशङ्का गरे । उनले भान्जा पौडेलसँग भएको फेसबुक च्याटमा कुरा गर्दा कसैले तिनाउ पुलमा लगेर केही वस्तु सुँघाएपछि अहिले कोठामा राखेको तर कुन कोठा कहाँ भन्ने आफूहरूले पत्ता नपाएको बताएको रातोपाटीलाई जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले हराएका बच्चाहरूको खोज तलास  सुरु भएको बताए । उनले रातोपाटीसँग भने, 'हामीले सबै खोजतलास सुरु गरेका छौँ । उनीहरुको छिट्टै पत्ता लाग्छ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप